काठमाडौं । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडकस्थित पैदलमार्ग (फुटपाथ) मा नै फोहर थुपारेको छ । काठमाडौँ महानगरपालिकाबाट यस क्षेत्रको फोहर उठाउने सम्झौता गरेको स्वच्छ वातावरण स्वस्थ मानव जीवन नामक कम्पनीले नै पैदल मार्गमा फोहर थुपारेको हो ।
फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको अन्य भागमा फोहोर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहोर थुपार्ने गरेको जनाइएको छ।