काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको उद्घाटन गरेकी छन् । भण्डारीले सुन्धारामा आयोजित एक समारोहका बीच रथयात्राको अवलोकन गरेकी हुन् ।
अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा सुन्धाराबाट जगन्नाथ रथ यात्रा सुरु गरिएको हो। जगन्नाथको रथयात्रा विश्वभर एकै दिन मनाइन्छ।रथयात्रा टुँडिखेलमा पुगेर समापन भएको थियो । सो क्रममा भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइ पनि गरेकी थिइन् ।