Media Network

रातो मच्छिन्द्रनाथकाे जात्राः आज भोटो देखाइने


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौं । ललितपुरमा प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुर्याइएको हो । जावालखेल पुगेको चौँथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहँदै आएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम हुने जानकारी दिए । 

गृह प्रवक्ता पोखरेलले रातो मच्छिन्द्रनाथको जात्रा काठमाडौं उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रुपमा रहेको भन्दै पर्वलाई मर्यादित रुपमा मनाउन आग्रह गरेका छन् । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने गरिएको छ । आज शनिवार सार्वजनिक विदाको दिन यो जात्रा परेको छ । तर शनिवार सार्वजनिक विदा परेपनि गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरी सार्वजनिक विदाको घोषणा गरेपछि भने सामाजिक सञ्जालमा सरकारको ब्यङग्य गरिएका छन् । 

रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिनको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको भन्दै गृह मन्त्रालयले शुक्रबार नै सूचना जारी गरेको थियो । 

गृहकाे सूचना




Share:
Reaction :
ताजा समाचार
खेलकुद