रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी हुने


खबरस्टोरी संवाददाता
२१ जेष्ठ २०७९, शनिबार
रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागी हुने
काठमाडौं। रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा सरिक हुन राष्ट्रपति बिद्यादेवी भण्डारी आज जावलाखेल जाने भएकी छिन । रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकवाट जावलाखेल पुगेको चौथों दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परामा सहभागी हुन राष्ट्रपति भण्डारी जावालखेल जान लागेकी हुन् ।

लिच्छवीकालीन राजा नरेन्द्र देवको पालादेखि राजा (राष्ट्राध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । परम्परा नुसार भोटोजात्राको अघिल्लो दिन रथ वरपर भूत पिचास  पन्छाएको रथवाट भोटो देखाउने परम्परा छ । भोटा देखाईसकेपछि मछिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजा सहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ । 

वर्षा र सहकालका देवताका रूपमा मानिने मछिन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान हुन् । मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ ।