सडक दुर्घटनामा परी पूर्वमन्त्री बस्नेत घाइते


खबरस्टोरी संवाददाता
२९ बैशाख २०७९, बिहीबार
सडक दुर्घटनामा परी पूर्वमन्त्री बस्नेत घाइते
दाङ। माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

सल्यानबाट दाङ आउँदै गरेको उनी सवार बा८च ६९२५ नम्बरको बोलेरो जिप  एम्बुलेन्ससँग ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

बस्नेतसहित १० जना घाइते भएका छ्न् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको इप्रका तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।