सडकमा घाइते जनावरलाई अब अस्पताल लैजान एम्बुलेन्स सेवा सुरू


खबरस्टोरी संवाददाता
८ असार २०७९, बुधबार
सडकमा घाइते जनावरलाई अब अस्पताल लैजान एम्बुलेन्स सेवा सुरू

काठमाडौँ। ललितपुर महानगरपालिकाले सडकमा छाडिएका घाइते तथा अपाङ्गता भएका जनावरलाई अस्पताल लैजान एम्बुलेन्स सेवा संचालन गरेको छ। ​स्नेहाज केयरको सहकार्यमा महानगरले एम्बुलेन्स सेवा सुरू गरेको हो । ललितपुरका मेयर चिरिबाबु महर्जनले बुधबार आयोजित कार्यक्रमबीच चाबी हस्तान्तरण गरेर सेवा सुरू गरेका हुन्।