‘सफा हिमाल अभियान’बाट १३ हजार किलो बढी फोहोर संकलन


खबरस्टोरी संवाददाता
२४ बैशाख २०७९, शनिबार
‘सफा हिमाल अभियान’बाट १३ हजार किलो बढी फोहोर संकलन
काठमाडौँ। नेपाली सेनाको अगुवाईमा भइरहेको हिमाल सफाई अभियानबाट १३ हजार ७८१ किलो बढी  फोहोर संकलन भएको छ। जैविक विविधता तथा वातावरण संरक्षण गर्ने उदेश्यले सेनाले चैत २२ गतेबाट सुरु गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत उक्त फोहोर संकलन गरेको हो । 

सेनाले विभिन्न संघसंस्थाको साथमा सगरमाथा, ल्होत्से, कञ्चनजङ्गा र मनास्लु गरि चारवटा हिमाल सफाइ गर्न थालेको हो।