सेफ नेपालका अध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
सेफ नेपालका अध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सेफ नेपाल नामक संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । 

अनुसन्धान हुँदा अध्यक्ष यादवले नक्कली बिल भरपाई तयार गरी १ लाख ७२ हजार २४० रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ ।