Media Network

जब साहित्य चोरीको आरोप लागेपछि....


खबरस्टोरी संवाददाता

५ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । लोककवि अर्जुन पराजुलीले हिजो मात्रै सामाजिक सन्जालमा आफ्नो हस्ताक्षर सहितको एउटा कविता पोस्टिए,तब एकाएक उनीमाथि चोरीको आरोपसहित अर्का साहित्यिक व्यक्तित्व भुपेन्द्र खड्काले आफूले ९ वर्षअगाडि लेखेर सामाजिक सञ्जालमा राखेको कविता पराजुलीले चोरेर हालेको दाबी गर्दै स्टाटस लेखे । 

जुन उनले सन् २०१३ मा सोहि पंक्तिको स्क्रिनसट फेसबुक मार्फत सार्वजनिक गरेपछि यो कुरा सतहमा आएको हो ।साहित्य चोरीको आरोप खेपेका पराजुली डिफेन्समा उत्रिए उक्त पंक्ति आफुले कयौंपटक वाचन पनि गरेको भन्दै आरोपको खण्डन गरे तर यत्तिले मात्र खड्कालाई नपुगेपछि साहित्यको दाबी गर्न चुनौती दिएपछि पराजुली प्रमाणसहित देखिए  ।

पराजुलीले सोही पंक्ति लक्ष्मीप्रसाद पराजुली नाम गरेका व्यक्तिले सन् २०१० मा अर्जुन पराजुलीलाई क्रेडिट दिँदै सामाजिक सञ्जालमा पोष्ट गरेको स्क्रिनसट पेश गरेपछि दाबीका लागि चुनौती दिने व्यक्ति खुम्चिन बाध्य भए ।


सो कविताको पंक्ति २०६३ असोजमा ‘जनमत’ नामक साहित्यिक मासिकको पूर्णांक ११५ पनि छापिएको भेटियो ।

पराजुलीले प्रमाण सार्वजनिक गर्दै लेखे, ‘आफ्नो सिर्जना अरूले चोरेर चोरले उल्टै किन चोरिस् भनेर दुनियाँका अगाडि धम्क्याउँदा यस्तो पीडा हुँदोरैछ कि उस्तै मान्छे (म) भए आत्महत्या गरिसक्थ्यो ।’

पराजुलीले प्रमाणहरु सार्वजनिक गरेपछि खड्काले आफ्ना पोष्टहरु फेसबुकबाट हटाएका छन् । 

पोष्टहरु हटाएपछि उनले स्पष्टीकरण दिए, ‘९ वर्षअघि मैले लेखेको स्टाटस हिजो देख्दा र कवि अर्जुन पराजुलीको कवितासँग हुबहु मिल्दा मैले किन यस्तो भयो भनेर सोध्न मिल्छ । मैले प्रयोग गरेको भाषाले अर्जुन दाइलाई पर्न गएको असुविधाप्रति क्षमा चाहन्छु ।’

उनी थप लेख्छन्, ‘मेरो जिज्ञासाचाहिँ यो हो कि ९ वर्षसम्म उहाँ यो रचना मेरो हो भनेर किन बोल्नु भएन ? अर्को कुरा आजसम्म प्रिन्टलाइन वा पत्रपत्रिकामा उहाँको सो रचना मैले पढेको पनि छैन र मलाई उहाँको सो कविताबारे थाहा पनि थिएन । मेरा स्टाटस वा रचना मैले जानेबुझेका आफैं सृजना गरेका हुन् । एउटा नमीठो संयोगलाई संयोगकै रूपमा लिइदिन आग्रह गर्दछु ।’





Share:
Reaction :
ताजा समाचार
खेलकुद