Media Network

सामुदायिक रेडियो प्रसारक सङ्घको राष्ट्रिय सम्मेलन आजदेखि सुरु


खबरस्टोरी संवाददाता

९ चैत्र २०७८,बुधबार

काठमाडौं ।   सामुदायिक रेडियो प्रसारक संघ (अकोर्‍याब) नेपालको १६ औं वाषिर्क साधारण सभा आजदेखि सुरु भएको छ । अकोर्‍याबको २२ औं स्थापना दिवसको अवसर पारेर बाँकेको नेपालगञ्जमा आयोजित सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन तथा साधारण सभा दुई दिनसम्म चल्ने छ ।

अकोर्‍याबले सम्मेलनमार्फत सामुदायिक रेडियोहरूको अबको कार्यदिशा तय गर्ने र त्यसबाट सामुदायिक रेडियोहरुलाई थप बलियो बनाउन कार्ययोजना पारित गर्नेछ । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले आज सम्मेलनको उद्घाटन गर्दै अहिलेको सरकार विशेष परिस्थितिमा विशेष उत्तरदायित्व र जिम्मेवारी लिएर निर्माण भएको उल्लेख गरे । उनले संविधानको सर्वोच्चता स्थापना गर्न सरकार निर्माण भएको जिकिर गर्दै सामुदायिक रेडियोले सांस्कृतिक चेतनाको विकासका साथसाथै संविधानको रक्षा गरेको समेत बताए । मन्त्री बडूले भने, “जनताप्रति जवाफदेही बनाउने काम पनि रेडियोले गरेको छ ।” 

त्यस्तै  सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सरकार आम सञ्चार प्रतिष्ठान स्थापनाको तायारीमा लागेको जानकारी दिँदै सञ्चारमाध्यमलाई नियमन गर्न खाजेको र नियन्त्रण नभएको बताए । उनले सामुदायिक रेडियोले सामाजिक रुपान्तरणमा गरेको योगदानको प्रशंसा गर्दै रेडियोका कतिपय नीतिगत सुधारका काम भएको जानकारी गराए । 

त्यसैगरी नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले रेडियोमा सम्पादकीय भूमिका कमजोर भएको टीप्पणी गर्दै सञ्चारसम्बन्धी कानुन लक्षित वर्गका लागि हुनुपर्नेमा जोड दिए । 

त्यस्तै कार्यक्रममा देशभरका तीन सय ६१ सामुदायिक रेडियोका प्रतिनिधिहरु सहभागी भएका छन् । कार्याक्रमम  करिव एक दर्जन रेडियो पत्रकारलाई सम्मान पनि गरिएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद