Media Network

सानेपामा मोटरसाइकल दुर्घटना, प्रहरी जवानको मृत्यु


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७८,आईतवार

ललितपुर। ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन् । गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती सवा २ बजे मृत्यु भएको हो । 

दुर्घटनामा घाइते हुनेमा तनँहुको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंह रहेका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । 

न्यौपाने र सिंह सवार रहेको बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराती सवा १ बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद