सनराइज बैंकको नि:शुल्क महिलाको स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन


खबरस्टोरी संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार
सनराइज बैंकको नि:शुल्क महिलाको स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन
काठमाडौँ।  काठमाडौंको ओमबहालमा सनराइज बैंकले नि:शुल्क महिलाको स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ । 

महिलामा हुने स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा नि:शुल्क शिविर सञ्चालन गरेको हो । 

बैंकका अनुसार सो शिविरमा करिब ६३ जना महिलाहरूको स्तन परीक्षण गरी उनीहरूलाई स्तन क्यान्सरबारे सचेतना गराइएको थियो । 

बैंकले नारीहरूलाई बचत गर्न हौसला र उनीहरूको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्यअनुरुप नारी बचत खाताअन्तर्गत महिलाहरूलाई ५ लाखसम्मको घातक रोग खर्च दिइरहेको छ ।

यस योजनामा महिलाहरूमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोगसहितका १८ घातक रोगहरू समेटिएको छ । साथै, बैंकले महिलाहरूलाई प्रसूति खर्चस्वरुप १० हजार रुपैयाँसम्म र अस्पताल भर्ना र ईएम खर्च गरी १ लाख रुपैयाँसम्म बीमाबापतको रकमसमेत दिँदै आएको छ ।