Media Network

सुनिता डंगोल भन्छिन- ‘जहाँको फोहोर हो,त्यहीँ नै व्यवस्थापन गर्नुपर्छ


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले महानगरले फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् ।

ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले महानगरका नवनिर्वाचित जनप्रतिनिधिलाई गरेको सम्मान कार्यक्रमपश्चात सञ्चारकर्मीहरूसँग कुरा उछिन्दै  उनले यस्तो बताएकी हुन् ।

’ उपमेयर डंगोलले भनिन्, ‘हिजोबाट फोहोर उठ्न पनि थालिसकेको छ ।’ तर यो दीर्घकालिन समाधान भने नरहेको उनले बताइन् । ‘दीर्घकालिन रुपमा हामीले जहाँको फोहोर हो, त्यहीँ नै फोहोरको व्यवस्थापन गर्नुपर्छ । त्यसैलाई नै हामीले दीर्घकालिन रुपमा अगाडि बढाउनुपर्छ भनेर विभिन्न योजनाहरू बनाउदैछौँ । छिट्टै त्यो लाग गर्नेछौँ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद