सुर्खेतमा सुख्खा पहिरोमा पुरिएर एक महिलाको मृत्यु


खबरस्टोरी संवाददाता
२१ असार २०७९, मंगलवार
सुर्खेतमा सुख्खा पहिरोमा पुरिएर एक महिलाको मृत्यु
काठमाडौँ। सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरो जाँदा उक्त  पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा पहिरो  गएको थियो ।

मृत्यु  हुनेमा अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसी रहेकी छन् । घाइते भएकी सोही ठाउँकी ७२ वर्षीय रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ।