सर्लाहीको छतौनाबाट रौटहटको वृन्दावन हरैया तर्फ जाँदै गरेको भारतीय नम्बरको कार गएराती एक बजे पुलबाट अन्दाजी १५ फिट तल खसेको थियो ।
दुर्घटनामा रौतहटको बृन्दावन नगरपालिका–४ का शुभलाल यादवका ४ बर्षीय छोरा गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका सबैलाई उपचारको लागी बरहथवा सिथत एडभान्स संजिवनी अस्पताल पठाइएको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटना पछि फरार भएका कार चालकको खोजी भइरहेको छ ।