सर्पको डसाइबाट एक महिनामा तीन जनाको मृत्यु


खबरस्टोरी संवाददाता
३१ जेष्ठ २०७९, मंगलवार
सर्पको डसाइबाट एक महिनामा तीन जनाको मृत्यु
काठमाडौँ। गर्मी बढेसँगै तराईमा एक महिनाको अवधिमा सर्पको डसाइबाट तीन जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वैशाखदेखि ३० जेठसम्म सर्पको डसाइबाट तीन जनाको मृत्यु भएको छ ।

गर्मि बढेसँगै बर्खाको समयमा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेको हो ।