सार्वजनिक यातायातको भाडादर घट्यो


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
सार्वजनिक यातायातको भाडादर घट्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यदर घटाएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटेको छ । आजदेखि नै लागू हुने गरी यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।

यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सरकारले शनिबार गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ ।