Media Network

सात करोड रुपैयाँ बिगो र जरिवाना सहित बिमला इन्टरनेशनल बिरुद्ध मुद्धा


खबरस्टोरी संवाददाता

१६ चैत्र २०७८,बुधबार

काठमाडौं। बिमला इन्टरनेशनल बिरुद्ध अभियोग पत्र दायर गरेको छ । राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले राजस्व चुहावट सम्बन्धी कसुरमा उक्त कम्पनीका सञ्चालक अग्रवाल बिरुद्ध सात करोड ६० लाख ६३ हजार सात सय चार रुपैयाँ बिगो तथा जरिवाना सहित बुधबार उच्च अदालत पाटनमा मुद्धा दायर गरिएको जानकारी दिएको छ । 

बिभागका अनुसार भारतको पश्चिम बंगाल, सिलगुरी थाना स्थायी वतन उल्लेख भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलमा बसोबास गर्ने विमला ईण्टरनेशनल (स्थायी लेखा नम्बर ३०४९२४१०९) को सम्पूर्ण कारोबार गर्ने, ३२ बर्षिय अग्रवाल बिरुद्ध मुद्धा दायर गरिएको हो, बिभागले भनेको छ । उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले कानून वमोजिमको बिजक जारी नगरी गैर विजक जारी गरी मालसामान बिक्री गरी प्रतिवादीले  अर्डर र इस्टीमेट फर्मबाट प्राप्त आयलाई आफ्नो ब्यवसायको आधिकारीक विक्रि आयमा समावेश नगरी ठूलो परिमाणको नगद घरमा राख्ने गरेको साथै आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य देखिएको छ । 

राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२  को दफा ३ ले निषेधित सोही ऐनको दफा बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले मुल्य अभिवृद्धि कर तर्फ तीन करोड १७ हजार ९९ रुपैयाँ र आयकर तर्फ तीन करोड ८० लाख ३१ हजार आठ सय ५२ रुपैयाँ समेत जम्मा हुन आउने कुल विगो तीन करोड ८० लाख ३१ हजार आठ सय ५२ रुपैयालाई विगो कायम गरी उक्त कायम बिगोको शतप्रतिशत जरिवाना तथा सोही ऐनको दफा २३(१)(ख) बमोजिम हदै सम्मको कैद सजाय तथा निज प्रतिवादीबाट उल्लिखित बिगोमध्ये निजको बासस्थानबाट वरामदित नगद एक करोड ५० लाख मात्र र  ऐ. ऐनको दफा २३(१) र २३(२) बमोजिम जफत गरी बाँकी दुई करोड ३० लाख ३१  हजार आठ सय ५२ रुपैयाँ असूल उपर गर्न राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ दफा २३(१) बमोजिम प्रतिवादी अमितकुमार अग्रवालसँग विगो असूल उपर गरी विगोको शतप्रतिशत जरिवाना तथा सोही ऐनको दफा २३ को उपदफा (१) (क) बमोजिम कैद सजाय हुन मागदावी लिई अभियोग पत्र दायर गरिएको बिभागको भनाई छ ।     


Share:
Reaction :
ताजा समाचार
खेलकुद