दुई दिनदेखि सुत्केरी व्यथा लागे पनि शिशु जन्माउन नसके पछि अवस्था गम्भीर बनेपछि स्थानीय २६ वर्षीया सीता थापाको सोमबार सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरेर उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए।