महानगरपालिकाले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगर्नेलाई ५०० रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ। कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहोर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक जरिबाना गरिने छ।
महानगरपालिका, सिसडोल र बञ्चेरडाँडा ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग आगामी साउन १ गतेदेखि स्रोतमै फोहोरको वर्गीकरण गर्ने सहमति भएको छ।