Media Network

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठ जना घाइते, २ काे अवस्था गम्भीर


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७८,सोमबार

पाेखरा।  स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् ।   घाइते मध्ये दुईजनाकाे अवस्था गम्भीर छ ।

चापाकोट नगरपालिका- ८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेकाे र उक्त सामानसहित पुलकाे केही भाग झरेर कामदारलाई लागेकाे हाे । 

स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुकाे पाल्पामा उपचार भइरहेकाे छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद