Media Network

सेयर लगानीकर्ता र धितोपत्र बोर्डबीच ५८ बुँदे सुझाव सहित सहमति


खबरस्टोरी संवाददाता

१० असार २०७९,शुक्रबार

काठमाडौँ।  पुँजी बजार विकास तथा सुधारका लागि भन्दै आमरण अनसन बसेका तिलक कोइराला पक्षधर र धितोपत्र बोर्डबीच सहमति भएको छ । शुक्रबार दुबै पक्षबीच सहमति भएसँगै कोइरालाले अनसन तोडेका छन् ।  मुद्रा तथा पुँजी बजारका समस्या अध्ययन गर्न अर्थ मन्त्रालयले गठन गरेको समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्न गराउन, पुँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर काम गर्ने सहमति भएको छ । 

त्यस्तै वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने, विदेशमा रहेका श्रमिकलाई सार्वजनिक निष्कासनमा १० प्रतिशत आरक्षण गर्ने काम साउनदेखि कार्यान्वयनमा ल्याउने सहमति भएको छ । क्रमिक रुपमा एनआरएनलाई पनि बजारमा सहभागिता गराइने छ ।

नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढिकरण गर्ने सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने सहमति भएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद