तनहुँमा भारी वर्षाका कारण पुल भत्किँदा यातायात सेवा रोकियो


खबरस्टोरी संवाददाता
१ असार २०७९, बुधबार
तनहुँमा भारी वर्षाका कारण पुल भत्किँदा यातायात सेवा रोकियो
काठमाडौँ । तनहुँको चुँदीखोलामा भारी वर्षाका कारण बाढी आउँदा भानु नगरपालिका- २ र ५ जोड्ने बाङ्गेरहको पुलमा पुन: क्षति पुगेको छ ।

बाढीले पुलको दुवैतर्फको भाग बगाएको छ । बाढीले पुलमा क्षति पुर्‍याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीय राजेश कार्कीले बताए । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका ५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुल मर्मतका लागि मेयर आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ ।