Media Network

तारा एयर दुर्घटना : पोस्टमार्टम पश्चाात् मृतकका परिवालाई शव हस्तान्तरण


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ । तारा एयरको जहाज दुर्घटनामा परि चालक  दलका तिन सदस्य सहित मृत्यु भएका २२ जनाहरुको शव परिवारलाई हस्तान्तरण गरिएको छ । 

बिहिवार महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालबाट मृतकको शव परिवारलाई हस्तान्तरण गरिएको हो । दुर्घटना पश्चात् सबै सबहरुलाई पोष्टमार्टमका लागि काठमाडौँ ल्याइएको थियो । 

आइतबार पोखरा बाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी तारा एयरको जहाज मुस्ताङको थासाङमा दुर्घटना भएको थियो । दुर्घटनामा जहाजमा सवार सबैको मृत्यु भएको र उनीहरुको शवलाई सेनाको हेलिकप्टरमार्फत पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएको थियो । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद