कम्पनीले दिएको जानकारी अनुसार अबदेखी दैनिक एक उडान हुनेछ । कम्पनीले एयरबस–३२० मा इकोनोमिक क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमताको जहाज उडाउने बताएको छ । जसमा विमानभित्रै खानाको सुबिधा रहेको कम्पनीले जानकारी गराएको छ ।
थाइ स्माइलले थाइल्याण्डको फुकेट र पटाया लगायत अन्य सम्पुर्ण आन्तरीक विमानस्थलमा उडान गर्दै आएको छ । थाइएयरवेज इन्टरनेशनलले अष्ट्रेलिया, जापान र क्वालालाम्पुरमासहित अन्तराष्ट्रिय गन्तव्यमा सेवा समेत दिइरहेको छ । आरआर ग्रुप अफ कम्पनीज अन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले थाइ स्माइल एरवेजका लागी बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पुर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरु दिदै आइरहेको छ ।
थाइ स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारीणी अधिकृत भिसेत सोन्तिचाइले यो उडानले बैंकक र एसियाका अन्य प्रमुख शहरबिच समन्ध बलियो बनाउने जानकारी गराएका छन् । नेपाल थाई इन्टरनेशनलले सन् १९६८ देखी नै नेपालमा उडान गर्दै आएको छ । तर कोभिड–१९ महामारी सँगै उडानहरु रोकिएका थिए ।