Media Network

दैनिक आठजनामाथि यौनजन्य दुर्व्यवहार


खबरस्टोरी संवाददाता

२० जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । पछिल्लो केही समययता सामाजिक सञ्जाल तथा सामाजिक अभियन्ता वृत्तमा ‘मि–टु अभियान’ उत्कर्षमा छ । आठ वर्षअघि सौन्दर्य प्रतियोगिता आयोजकले पेयसँगै नसालु पदार्थ मिसाएर खुवाई आफूलाई बलात्कार गरेको घटना पीडित युवती स्वयंले करिब दुई साताअघि सार्वजनिक गरेकी थिइन् ।

आफूलाई बलात्कार गर्ने व्यक्तिले नग्न तस्बिर खिचेको र त्यसै आधारमा ‘ब्ल्याकमेल’ गरेर ६ महिनासम्म बलात्कार गरेको आरोप पीडित युवतीले लगाएकी थिइन्। यही घटनासँगै पछिल्लो समय ‘मि–टु अभियान’ उत्कर्षमा पुगेको हो ।

यो अभियान यस्तै सनसनीपूर्ण यौन हिंसा तथा दुव्र्यवहारका घटना सार्वजनिक हुँदा मात्रै चर्चामा आउँछ, देशव्यापी माहोल तात्छ, फेरि उसैगरी सेलाउँछ। तर अभियान जस्तोसुकै ढंगले चलिरहे पनि यौनजन्य हिंसा र दुव्र्यवहारका घटनामा भने कुनै कमी आएको छैन । बरु निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।

नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुव्र्यवहारका घटना भएको देखिन्छ। यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० र दैनिक ८ वटा यस्ता घटना प्रहरीकहाँ दर्ता भएको देखिन्छ ।  

यो तथ्यांकमा यौनजन्य हिंसा र दुव्र्यवहारमा पनि बलात्कारको हिस्सा अत्यधिक छ। तथ्यांकअनुसार यो संख्याको झन्डै ७० प्रतिशत हिस्सा बलात्कारले लिन्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद