Media Network

दरबार हत्याकाण्डको २१ वर्ष पूरा, घटना अझै रहस्यमय


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको जेठ १९ गते आज २१ वर्ष पूरा भएको छ । वि.स. २०५८ साल जेठ १९ गते राति नारायणहिटी दरबारभित्रै राजा वीरेन्द्रसहितको हत्या भएको थियो ।  उक्त हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती, पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो ।

नारायणहिटी दरबारमा २१ वर्षअघि भएको यो हत्याकाण्ड भने अझै पनि रहस्यमय नै बनेको छ । वीरेन्द्रको बंशनाश भएपछि ज्ञानेन्द्र शाहले गद्दी आरोहण गरेका थिए । राजा ज्ञानेन्द्रले गद्दी आरोहणपछि शासन समेत आफ्नो हातमा लिएर राजनीतिक दलहरुलाई ‘कू’ गरेपछि तत्कालिन सशस्त्र युद्धरत नेकपा माआवादी र सात राजनीतिक दलले २०६२ सालमा संयुक्त आन्दोलन थालनी गरेका थिए । ०६२/६३ को जनआन्दोलनको बलमा राजतन्त्र नै ढालेर गणतन्त्र स्थापना भए पनि दरबार हत्याकाण्डको वास्तविकता कसैले पनि बाहिर ल्याउन सकेका छैनन् । 

हत्या लगत्तै सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, तत्कालिन सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाइएको थियो । उक्त समितिले युवराज दीपेन्द्र शाहले आफ्नै परिवारमाथि गोलि चलाएको र आफूले पनि गोली हानेर आत्महत्या गरेको अपत्यारिलो रिपोर्ट सार्बजनिक गरेको थियो । 

तत्कालिन राजा ज्ञानेन्द्रले बनाएको समितिको रिपोर्ट अपत्यारिलो भएको आम नागरिकले र राजनीतिक दलका नेताहरुले नै बेलाबेलामा भन्ने गरे पनि यो घटनाको पुनः छानबिन गर्नेबारे चासो दिएका छैनन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद