युवासंघका केन्द्रीय सदस्य हिकमत बोहराले आफूलाई दुर्व्यवहार गरेको भन्दै जुरेलीले उजुरी गरेकी हुन्।
असार १५ मा युवासंघले आयोजना गरेको धान दिवस कार्यक्रममा ललितपुर महानगरपालिका–२२ स्थित फर्सिडोलमा खेतमा जुरेलीमाथि दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।