देशभर फैलँदै मनसुनी वायुको असर, काठमाडौंमा बढी वर्षा, दिनभर नै मौसम नखुल्ने


खबरस्टोरी संवाददाता
२६ जेष्ठ २०७९, बिहीबार
देशभर फैलँदै मनसुनी वायुको असर, काठमाडौंमा बढी वर्षा, दिनभर नै मौसम नखुल्ने
काठमाडौं । नेपालमा मनसुनी वायुको असर देशभर फैलन थालेको छ ।  मनसुनी वायु असरका कारण वर्षा पनि भइरहेको छ ।

काठमाडौं उपत्यकामा राति वर्षा भएकाले अहिले पनि वर्षा भइरहेको छ जसका कारण मौसम अझै पनि सफा हुन सकेको छैन ।  । दिनभर नै मौसम नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

वर्षाले ठाउँठाउँमा सडकखण्ड अवरुद्ध भएका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । खुलाउने प्रयास भए पनि वर्षाका कारण फेरि पहिरो गएको छ । मुग्लिन–नौबीसे सडकखण्ड पनि अवरुद्ध भएको छ । 

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही प्रदेश १ , मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेशका केही  स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।