काठमाडौं उपत्यकामा राति वर्षा भएकाले अहिले पनि वर्षा भइरहेको छ जसका कारण मौसम अझै पनि सफा हुन सकेको छैन । । दिनभर नै मौसम नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाले ठाउँठाउँमा सडकखण्ड अवरुद्ध भएका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । खुलाउने प्रयास भए पनि वर्षाका कारण फेरि पहिरो गएको छ । मुग्लिन–नौबीसे सडकखण्ड पनि अवरुद्ध भएको छ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही प्रदेश १ , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।