Media Network

देशभर जुनसुकै बेला इन्टरनेट काटिन सक्छ : आईस्पान


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले नेपालमा सञ्चालन भइरहेको इन्टरनेट सेवा जुनसुकै बेला पनि बन्द हुन सक्ने चेतावनी दिएको छ ।  आइस्पानले प्रेस विज्ञप्ती जारी गर्दै विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यालयहरुले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागहरुमा इन्टरनेट सेवा प्रदायकहरुका डाटा सेन्टर, पीओपीमा प्रयोग भईरहेको विद्युत लाईन काट्नाले इन्टरनेट सेवा अवरुद्ध भइरहेको संघले जनाएको छ । साथै इन्टरनेट सेवा प्रदायकहरूका घरबेटीसमेतको विद्युत् लाइन काट्ने लगायतका गतिविधिले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको आइस्पानको भनाइ छ ।

योसँगै कक्षा १२ को सञ्चालित परीक्षामा समेत समस्या आउनसक्ने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को प्रश्नपत्र परीक्षा केन्द्रहरूमा अनलाइनबाट पठाउँदै आएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद