Media Network

धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण


खबरस्टोरी संवाददाता

२३ चैत्र २०७८,बुधबार

काठमाडौं। धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको २५२ उडान नम्बरको एटीआर ७२ नामक जहाज  नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ ।  विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि जहाज नेपालगञ्जमा अवतरण गरिएको हो । 

नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ । 

नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद