धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण
खबरस्टोरी संवाददाता
२३ चैत्र २०७८, बुधबार
काठमाडौं। धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको २५२ उडान नम्बरको एटीआर ७२ नामक जहाज नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ । विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि जहाज नेपालगञ्जमा अवतरण गरिएको हो ।
नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ ।