Media Network

उधोगपति हिरालाल केडियाको निधन


खबरस्टोरी संवाददाता

२५ फाल्गुन २०७८,बुधबार

काठमाडौं।  विरगंजका चर्चित उद्योगी हिरालाल केडियाको निधन भएको छ । केडियाको निधनले विरगंजवासी नै स्तब्ध बनेको छ । विरगंजका चर्चित उद्योगीको रुपमा हिरालाल केडियालाई चिनिन्छ । केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्वरुपमा चिनिएका सक्रिय समाजसेवी हिरालाल ८६ वर्षको रहेका थिए । 

हिरालाल केडियाको संरक्षणमा केडिया डेन्टल, केडिया आँखा अस्पताल लगायत विभिन्न सामाजिक संघसंस्थाहरुले सेवा दिँदै आइरहेको छ । उनी मारवाडी सेवा ट्रष्टका अध्यक्ष समेत रहेका थिए । 

देशकै प्रतिष्ठित औधोगिक घराना केडिया अर्गानाइजेसनका अध्यक्ष हिरा लाल केडिया यही मिति २०७८ फागुन २४ गते ह्याम्स अस्पतालमा निधन भएकोे हो । केडियाको अन्तिम संस्कार सर्लाहीको बाग्मती नदीमा गरिएको छ  । अन्तिम सस्कारमा स्व. केडियाप्रति मधेश प्रदेशका मुख्यमन्त्री लगायत बिशिष्ट उधोगी व्यवसायी एवं जनताले उपस्थित भई श्रद्धाञ्जली दिएका थिए । स्व. हिरालाल केडिया नारायणी उपक्षेत्रीय अस्पतालको अध्यक्ष भई दूई कार्यकाल काम गरेको थियो सोही समयमा उक्त अस्पतालको काचुली फेरिएको थियो । 

अत्यन्त मिलनसार, निष्ठावान केडिया, केडिया अस्पताल बिरगंजको पनि अध्यक्ष थिए । उनका चार छोराहरु रमेश, सुरेश, राजेश, बिमल र श्रीमति पर्मेश्वोरि देबि केडियाको उपस्थिति रहेको थियो । बिमल केडिया हाल संबिधानसभा सदस्य रहेका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद