Media Network

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला


खबरस्टोरी संवाददाता

२६ बैशाख २०७९,सोमबार

काठमाडौं।  देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।  बैतडीको दशरथचन्द नगरपालिका–१ कलौन बस्ने ४० वर्षीय अंकित प्रशाद भट्ट मृत अवस्थामा फेला परेका छन् । सुर्नया गाउँपालिका–२ सिन्केलेक भन्ने स्थानमा आइतबार उनी मृत अवस्थामा फेला परेका हुन् ।  विगत ३ दिनदेखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । 

गोरखाको भिमसेन थापा गाउँपालिका–१ कनकामना सामुदायिक वनमा सोही गाउँपालिका–४ बस्ने ७८ वर्षीया फुलमती सार्की आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

ललितपुरको महाकाल गाउँपालिका–२ मानिखेल बस्ने ४५ वर्षीय दिपक भोम्जन सोही ठाउँस्थित मानिखेल आधारभूत बिद्यालयको भवन पछाडि आइतबार मृत अवस्थामा फेला परेका छन् । 

कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ गोबरियास्थित नालामा सोही नगरपालिका–१८ निम्बुखेडा बस्ने ५५ वर्षीय जगदिश महरा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

सुनसरीको कोशी गाउँपालिका–८ सप्तकोशी नदीको किनारामा हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका–१५ रानिचौरस्थित नारायणी नदीको किनारामा कावासोती नगरपालिका–६ बस्ने २५ वर्षीय प्रकाश भुषाल आइतबार मृत अवस्थामा फेला परेका छन् । 

कावासोती नगरपालिका–१३ पिठौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव फेला परेको हो । घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद