लगातार आएको भारी वर्षातका कारण इटहरिको मुख्य बजार क्षेत्र डुवानमा परेको छ । इटहरिको ४,५,९, १० र १२ वडाका दर्जन बस्ती डुवानमा परेका छन् ।
टेङ्ग्रा खोलामा आएको बाढीले इटहरी - बिराटनगर जाने राजमार्ग अवरुद्ध बनेको छ । बाढी बस्तीमा पसेपछि यातायात पनि अवरुद्ध भएको छ।
इटहरी १२ खनारका धेरै बस्ती डुवानमा परेका छन् ।
बाढीका कारण ४० भन्दा बढी घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खडकाले जानकारी दिएका छन् ।
ट्याङ्ग्रा खोलाको बाढी बस्तीमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरि खोला नियन्त्रणको काम थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताए ।