Media Network

विश्व वातावरण दिवसः प्रदुषणले नेपाल चिन्तित


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

काठमाडौं । आज विश्व वातावरण दिवस । नेपालमा पनि वातावरण सम्बन्धि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ वातारण दिवस मनाइँदैछ । 

नेपालमा पनि वातावरण प्रदुषण दिनप्रतिनिधि बढ्दै गएको सन्दर्भमा दिवसको सार्थकता अझै बढेको छ । 

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइरहेको छ । 

नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन ः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।

वातावरण दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना ब्यक्त गरेकी छन् । 

‘संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्व वातावरण दिवस’को सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको छ ।’ राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा भनिएको छ ।

‘नेपाल आफैँ ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएता पनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको छ, पानीका मूलहरू सुक्दै गइरहेका छन्, हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छ । हाम्रोजस्तै अन्य पर्वतीय मुलुकहरूले भोग्नुपरेको सङ्कटको प्रवृत्ति उस्तै छ भने टापु राष्ट्रहरूले सम्भावित अस्तित्वको सङ्कट झेल्नु परिरहेको छ ।’– राष्ट्रपतिको सन्देशमा उल्लेख छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद