Media Network

विश्वविख्यात आरोही तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौं। ‘सबैभन्दा कान्छो आरोही’को रेकर्ड राख्न सफल शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । सोमबार काठमाडौंको स्वयम्भुमा बौद्ध परम्परा अनुसार तामाङको अन्त्यष्टी गरिएको हो । तामाङको अन्तिम विदाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ पुगेका थिए । मन्त्री श्रेष्ठले राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट तामाङप्रति श्रद्धाञ्जलि व्यक्त गरे । 

लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा गत असार २३ गते बिहान निधन भएको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को गत शुक्रबार बसेको वैठकले तामाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो । नेपालको पर्वतारोहणबारे अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न र नेपालका हिमाल प्रचार गर्न तामाङले अतुलनीय योगदान गरेको मन्त्री श्रेष्ठले बताए । 

तामाङले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सन् १९७३ मे ५ का दिन  सगरमाथा आरोहण गरेका थिए । तामाङकै पहलमा नेपाल पर्वतारोहण संघको स्थापना भएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद