पुरानो रिसिवीको कारण चैत ४ गते राति बिन्दाले बाँसको लाठीले हिर्काउदा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सन्तपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि ट्रोसिटी अस्पताल वीरगंज पठाएकोमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।