आफ्नै बुवा र आमालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा छोरा पक्राउ


खबरस्टोरी संवाददाता
२३ बैशाख २०७९, शुक्रबार
आफ्नै बुवा र आमालाई  खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा छोरा पक्राउ
काठमाडौँ । ताप्लेजुङमा आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा छोरालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बु रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

आइतराजले आफ्नै बुवा र आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।