Media Network

आफ्नै यात्रुबाट लुटिए ट्याक्सी चालक


खबरस्टोरी संवाददाता

२ माघ २०७८,आईतवार

काठमाडौँ । राजधानीको सोल्टीमोडबाट एक ट्याक्सी चालक लुटिएका छन् ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार बा २ ज १०५० नं का ट्याक्सीका चालक राजु तामाङ २ अपरिचित व्यक्तिबाट लुटिएका हुन् । बालुटार जानी भनी हिँडेका ती अपरिचित व्यक्तिहरुले सोल्टीमोडमा आइपुगेपछि चालक तामाङलाई स्प्रे छरी बेहोस बनाएको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार अपरिचित व्यक्तिहरुले चालकबाट १ लाख रकम पनि लुटेका छन् । बेहोस भएका तामाङलाई उपचार गर्नका लागि कोरियन अस्पताल ठिमी लगिएको थियो । गए राति नै डिस्चार्ज भएका  चालकसँग प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद