Media Network

आईजीपी मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाई असार १३ मा हुने


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौं । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

पोखरेलको तर्फबाट दुई दर्जन कानुनविद्ले बहस गरेका थिए । पोखरेलको तर्फबाट माधव बस्नेत, महादेव यादव, सुनील पोखरेल, रमेश बडाल, शम्भु पोखरेल, कृष्णप्रसाद भण्डारी, पूर्णमान शाक्य, राधेश्याम अधिकारी, हरि उप्रेती, हरिहर दाहाललगायतले बहस गरे ।

आइतबार रिट निवेदकका तर्फबाट बहस भएको थियो अब आगामी असार १३ गते यो मुद्दामा विपक्षीहरुको तर्फबाट सुनुवाइ हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद