Media Network

आईजीपी मुद्दा प्रकरण पहिलो नम्बरमा चढ्यो पेशी


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको आइतबार पहिलो नम्बरमै पेशी चढेको छ । 

मुद्दाको पेसी कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको छ । 

सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा नियुक्त गरेपछि आफू भन्दा कनिष्ठलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । पोखरेलले दायर गरेको रिटमा जेठ ३० गतेबाट सुनुवाइ सुरु भएको हो ।

जेठ ३० मा बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । 

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद