Media Network

आईजीपी मुद्दा प्रकरणको आज पनि सुनुवाई हुँदै


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा आइतबार पनि सुनुवाइ हुँदैछ ।

सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा नियुक्त गरेपछि आफू भन्दा कनिष्ठलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । पोखरेलले दायर गरेको रिटमा जेठ ३० गतेबाट सुनुवाइ सुरु भएको हो ।

जेठ ३० मा बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ भइरहेको छ । 

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद