काठमाडौं । नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ शुक्रबार हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दाको पेसी पटकपटक हेर्दाहेर्दैमा राखेर सारिँदै आइएको छ ।
शुक्रबार रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपश्चात सर्वोच्चले फैसला गर्नेछ । पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।