Media Network

आईजीपी नियुक्त विवाद : सिहंको पक्षमा भिमार्जुन र ओमप्रकाशसहित निजी वकिलको टोली आज बहसमा उत्रिदै


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौ । आईजीपी नियुक्तको निर्णयविरुद्ध दायर भएको रिटमा आइतबार सुनुवाइ हुँदैछ। यसअघि गत १३ गते सुनुवाइ भएको मुद्दा आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। आइतबार मुद्दाको चौंथो पेसी हो।

आइतबार आईजीपी बढुवाको पक्षमा भिमार्जुन आचार्यसहितसुशील पन्त, श्याम खरेल, टिकाराम भट्टराई,  ओमप्रकाश अर्यालले बहस गर्दै छन्।कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा गत सोमबार मुद्दाको सुनुवाइ भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ ३० गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो

सरकारले ज्येष्ठता तथा वरीयता मिचेर आईजी बढुवा गरेको भन्दै एआईजी विश्व पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद