Media Network

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटको सुनुवाइ पुनः सरेको छ ।

बैशाख १८ गतेको मन्त्री परिषद् बैठकले धिरज प्रताप सिंहलाई आइजीपीमा नियुक्त गरेपछि सो नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले मुद्धा दायर गरेका थिए । 

यस अघि जेठ ३० र असार ५ मा सुनुवाई भएर यो मुद्धा हेर्दाहेदैमा रहेको कारण आजको लागि पेशी तोकिएको थियो । सोही अनुसार आज सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाई भैरहेको थियो । आजको मुद्दामा महान्यायाधिवक्तासहित सरकारी वकिलहरूले बहस गरेका थिए । बहस नसकिएकोले अर्को सुनुवाइ असार १९ गते हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

एआईजी बढुवाविरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटपनि आईजीपी विरुद्धको रिटसँगै लगाउमा राखेर सुनुवाइ भइरहेको छ ।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका  थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद