आईजीपी प्रकरण : बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
आईजीपी प्रकरण : बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज
काठमाडौं । हेर्दाहेर्दैमा रहेको नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गर्नेछन् ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएको दाबीसहित वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरू भएपनि मुद्दाको बहस नसकिएपछि दुईपटक हेर्दाहेर्दैमा राखिएको छ । वैशाख १९ देखि बिदामा बसेका एआईजी पोखरेल एआईजीमै कायम रहे आगामी साउन २० गतेबाट अवकाश पाउनेछन् ।अवकाश अघि नै मुद्धाको फैसला हुनुपर्ने पोखरेल पक्षका कानुन व्यवसायीहरुको माग छ ।