आईजीपी धीरजप्रताप र एआईजी धानुकको म्याद तामेल


खबरस्टोरी संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार
आईजीपी धीरजप्रताप र एआईजी धानुकको म्याद तामेल
काठमाडौँ । एआईजीपी बढुवाविरुद्धको रिटमा आईजीपी धिरज प्रताप सिंह र एआईजी रवीन्द्र बहादुर धानुकको म्याद तामेल भएको छ ।  सर्वोच्च अदालतका कर्मचारीले प्रहरी प्रधान कार्यालय मार्फत आईजीपी सिंह र प्रशासन विभागका एआईजी धानुकलाई म्याद थमाएका हुन् ।

गत चैत १७ मा ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले आफूभन्दा जुनियरलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदनका अर्का  बसन्त कुमार पन्त अवकाशमा गएका छन् ।