कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा चढेको छ ।अब अर्को सुनुवाई असार ५ गते हुने एआईजी विश्वराज पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बताइन्।
आज निवेदकका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले मात्रै सुरुवाती बहस गरेका थिए ।सरकारले धीरजप्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका हुन् । पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए।
सर्वोच्चले पोखरेलको पक्षमा फैसला नगरे उनी राजीनामा दिने तयारीमा छन्। एआईजीको उमेर हदका कारण साउन २० गते अनिवार्य अवकाश हुनेछन्।