Media Network

आईजीपीविरुद्धको मुद्दाको छिनोफानो नहुँदासम्म एआईजी पोखरेल काममा नफर्कने


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

काठमाडौं।  प्रहरी महानिरीक्षक (आईजी) बढुवा प्रकरणविरुद्ध सर्वोच्चमा कानुनी लडाईमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल मुद्धाको छिनोफानो नहुदाँसम्म काममा नर्फकने भएका छन् ।

सरकारले आफुभन्दा कनिष्ठलाई प्रहरीको आईजीपीमा नियुक्त गरेपछि असन्तुष्ट बनेका एआइजी पोखरेल गत बैशाख १९ गतेदेखि १ महिने घरबिदाका लागि भन्दै बिदामा थिए, र सो बिदा सकिएकाले थप १० दिन बिदा माग गर्दै पठाइएको निवेदनमा आईजी धीरजप्रताप सिंहले बिदा अस्वीकृत गरे पनि पोखरेल अहिलकै अवस्था हाजिर नहुने भएका हुन्।

एक महिनाको बिदा स्वीकृत गराएर एआईजी पोखरेलले सरकारले गरेको आईजीपी बढुवालाई खारेज गर्दै आफू आईजी हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। एक महिना बिदा लिएर कानुनी लडाइ लडेका पोखरेलेको बिदा जेठ २४ गते सकिएको थियो। 

पोखरेलका एक कानुन व्यवसायीले अहिलकै अवस्थामा हाजिर हुनु उपयुक्त नहुने सल्लाह दिएपछि उनी हाजिर नहुने भएका हुन्। ‘जसको नेतृत्वलाई अस्वीकार गर्दै कानुनी लडाइ लडिएको छ। उक्त मुद्दा अहिले पनि विचाराधीन नै अवस्थामा छ। यस्तो अवस्थामा हाजिर भएर काममा फर्कने कुरा सम्भव हुँदैन’ पोखरेलका एक कानुन व्यवसायीले खबरस्टोरीसँग भने। 

जसकाविरुद्ध जेका लागि मुद्दा हालिएको हो त्यो नै टुंगोमा नपुगि हाजिर हुने कुरा नआउने पोखरेलका कानुन व्यवसायी बताउँछन्।

बिदाअघि मानव स्रोत विभागमा दरबन्दी रहेका पोखरेलको हालैमात्रै प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ।








Share:
Reaction :
ताजा समाचार
खेलकुद