Media Network

आइजीपी नियुक्ति सम्बन्धि विवाद मुद्धामा सुनुवाई जारी


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौँ । आइजीपी नियुक्ति विरुद्ध परेको रिटमा सुनुवाई भैरहेको छ । 

वैशाख १८ गतेको मन्त्री परिषद् बैठकले धिरज प्रताप सिंहलाई आइजीपीमा नियुक्त गरेपछि सो नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दामा आज सुनुवाई भैरहेको छ ।  

यस खघि जेठ ३० र असार ५ मा सुनुवाई भएर यो मुद्धा हेर्दाहेदैमा रहेको कारण आजको लागि पेशी तोकिएको थियो । सोही अनुसार आज सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा आइजीपी सिंहको पक्षमा सरकारी वकिलहरुले बहस गरिरहेका छन् । 

एआईजी बढुवाविरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटपनि आईजीपी विरुद्धको रिटसँगै लगाउमा राखेर सुनुवाइ भइरहेको छ ।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद